साउदीमा २ सय नेपाली कामदर अलपत्र, देश फर्काउन पहल गरिदिन अनुरोध (भिडियो हेर्नुहोस)
काठमाडौं, २९ साउन । नेपालबाट रोजगारीका लागि अरबको साउदीमा गएका करिब २०० नेपाली कामदार अलपत्रमा परेका छन् । नेपालको काठमाडौंमा रहेको एसओएस मेनपावर र राइजिङ रिक्रुमेन्ट प्रालि मोन्तेज ओभरसिज प्रालिबाट गएका ती कामदार साउदीमा अलपत्र परेका हुन् ।
आफुहरुलाई नेपालमा इन्ट्री दिदा पोल्टी फार्म पलायती कम्पनीमा भनेर भनिएपनि साउदीमा पुगेर काम गर्दा सप्लाई कम्पनीमा काम गराउदा ठगिएको नेपाली कामदारहरुको दुखेसो रहेको छ ।
साउदीको तावुक भन्ने कम्पनीमा रहेका ती कामदारहरु अहिले आफुहरुले भनेको काम नपाएपछि मेनपावर कम्पनीसँग आक्रोशित भएका छन् ।
अहिले ती नेपाली कामदार साउदीको जंगलमा पुगेर उखरमाउलो गर्मीमा फरुवा र कोदाली समाएर काम गर्न बाध्य भएपछि नेपाल सरकारसँग आफुहरुलाई उद्धार गर्न अनुरोधसमेत गरेका छन् ।
‘नेपालबाट हामीलाई कम्पनीभित्र काम गर्ने भनिएको थियो तर यहाँ आउदा हामीलाई जंगलमा फरुवा र कोदाली बोकाएर जर्बजस्ती काममा लगाइएको छ ।’ रोल्पा खुंग्री ७ का गोविन्द थापाले दुखेसो पोखेका छन्, ‘हामीलाई यहाँ काममा ठगियो, सरकारले हामीलाई ठग्ने ती मनेपावरहरुलाई कडा भन्दा कडा कार्वाही गरियोस् ।’
भनिएको तलब पनि नदिइएको, उल्टो आफ्नै तलबबाट काममा जाँदा सेप्टी, जुत्ता र बर्दी समेत आफैले किन्नु पर्ने भएपछि नेपाली कामदारहरु थप शोषणमा परिएको उनीहरुको दुखेसो रहेको छ । नेपालबाट साउदीमा अलपत्रमा परेका नेपालहरुमध्ये पूर्वको झापाबाट धेरै कामदार रहेका छन् । झापाबाट १०७, धनगढी ३५, बाँकेबाट १७, सल्यानबाट १० कामदार रहेका छन् ।
त्यसैगरी रोल्पाबाट ८, पाल्पाबाट ९ र जनकपुरबाट ६ लगायत समग्रमा २ सय बढी रहेको बताइएको छ । ती कामदारहरुले आफुहरु नेपाल फर्कन चाहेको र त्यसका लागि नेपाल सरकारले नेपालको मेनपावर र साउदीको कम्पनीसँग कुरा गरेर आफुहरुलाई स्वदेश फर्काउन पहल गरिदिन अनुरोध गरेका छन् ।


0 comments
Write Down Your Responses