बाबु छोराको एकैदिन बिबाह दर्ता गर्नसक्ने न्यायपालिकाले जोयाको बिबाह दर्ता किन गर्न सकेन ?
नेपाली सामाजिक संजालहरुमा अहिले सर्वाधिक चर्चामा छिन फिलिपिन्स कि नागरिक जोया। चितवन निवासी जिवन थापासँग सँगै बाँच्ने सँगै मर्ने कसम खाई आफ्नो मातृभुमी आफन्त र जन्मदिने बा-आमालाई त्यागेर करिब ५ बर्ष अगाडि पर्यटक भिषामा नेपाल् छिरेकी थिइन् ऊनी। चोखो प्रेमलाई न त ! भूगोलले छेक्न सक्छ न त ! भाषा र धर्मले नै अलग गर्न सक्छ ! यहीँ उक्ति लाई चरितार्थ गर्न खोजेकि थिइन् जोया ले।तर छोटो समयमै जोयाको जिन्दगी माथी समय र परिस्थितिले उल्टो खेल खेलिदियो।
मैले सुनेको छु र पुस्तकहरु मा पढेको पनि छु, फिलिपिनो महिलाहरु माया, प्रेममा अडिग रहन्छन्। माया, प्रेम मा समर्पण हुनु फिलिपिनो महिलाहरुको बिशेषता नै हो। तर त्यहीँ समर्पण नै जोयाका लागी अभिषाप बन्यो। आफु त रोइन रोइन, कोमल मन भएका सारा नेपालीहरु लाई पनि रुवाई आफ्नो मायाको निशानी दुई नाबालक बच्चालाई काखी च्यापेर फिलिपिन्स फर्किन बाध्य भइन।
धन्य छ त्यो देश जहाँ बाबुको नाम बिनै बाँच्ने अधिकार छ। कोहि नपाएरै केहि गुमाउछन, कोहि पाएर पनि केहि गुमाउछ्न। जोयाले पनि नपाएरै केहि गुमाइन। न त जिवनको साथ पाइन् न त माया !
सगरमाथा टेलिभिजनको पर्दामा जोयाका दुई नयनबाट बलिन्द्र आसुका धाराहरु बगेको देखेपछि मलाई पनि केहि शब्द खर्चिन बाध्य बनायो। भन्ने गरिन्छ, मायाको केन्द्रबिन्दु मुटु हो।जव मुटुलाई असहाय पिडा हुन्छ अनि त्यो पिडा आसु बनि आखाबाट छल्किदिन्छन। हो यस्तै असंख्यक पिडाहरु जिवनले जानीजानी जोया माथी प्रहार गरेपछि बिचरा ति अवला नारीले कसरी सहन सक्थिन र ? जोया को माया र त्याग लाई जिवन ले बुझ्न सकेनन् ।बुझ्न पनि कसरी सक्थे? जसलाई जम्मा दुई अक्षरको “प्रेम” को अर्थ नै थाहा छैन।प्रेम मन मुटु सँग गरिन्छ भौतिक शरीर सँग होईन। यि कुराहरू जिवनले बुझ्न सक्नु पर्थियो। यहीँ बुझ्न नसकेर जिवन थापाले तिन निर्दोष जिवनहरु तहसनहस पारे।
जिवनको हृदय बास्तबमै कठोर रहेछ जसलाई भर्खर तोतेबोली बोल्न सिक्दै गरेका दुई बच्चाको सुनाइयुक्त बोलिले पनि उनको मन पगाल्न सकेन। ऊनी असल श्रीमान त बन्न सकेनन् सकेनन् असल पिता बन्न चेष्टा पनि गरेनन् ।जसको परिणामस्वरूप नेपाली रगत सल्बलिएका नाबालक ति बच्चाहरु अब बिरानो मुलुकमा बाबुको नाम बिनै बाँच्नु पर्नेछ। उफ! सोच्दा पनि कहाली लागेर आउछ। तर धन्य छ त्यो देश जहाँ बाबुको नाम बिनै बाँच्ने अधिकार छ। कोहि नपाएरै केहि गुमाउछन, कोहि पाएर पनि केहि गुमाउछ्न। जोया ले पनि नपाएरै केहि गुमाइन। न त जिवन को साथ पाइन् न त माया!
jyo
घुस लिएर बाऊ छोराको एकैदिन बिबाह दर्ता गर्नसक्ने न्यायपालिका ले जोयाको बिबाह दर्ता किन गर्न सकेन ?
जिन्दगीभर छाती पोल्ने पिडा र वेदना बाहेक केहि पाइनन जोयाले।
जोया लाई आफ्नो माइतीको देश फर्काउन सफल सम्बन्धित निकाय र विभिन्न संघसंस्थाहरु धन्यवाद पात्र बनेका छन। औपचारिक नियम पुरा नगरेको भन्दै जोयालाई हतार हतार फिलिपिन्स फर्काउने पहल मात्रै गरेको देखियो। तर जोयाको उद्वार को नाममा कतै अभियुक्त जिवन थापालाई उन्मुक्ति दिन खोजिएको त होईन ? यहाँ अनेक सवालहरुले जन्म लिन्छन् । स्वाभावैले मान्न सकिन्छ कानुन भन्दा माथी कोहि हुदैनन् र कानुनी राज्यमा सबैले न्याय पाउनु पर्छ। तर जोया लाई सिंदुर, पोतेको हक दिलाउन किन पहल गरिएन ? पर्याप्त प्रमाणहरुको अभाव देखाएर उद्वार कर्ताहरु आफ्नो जिम्मेवारी बाट किन पन्छिनु खोजे ? जिवनलाई कानुनको दायरामा ल्याउन किन कुनै कदम चालिएन ?
जिवन विरुद्ध मुद्दा दायर गर्नलाई जिवनको साथमा जोयाले बिताएका कहालिलाग्दो ति पलहरु आफैंमा प्रमाण थिएनन् र ? कानुनले ठोस प्रमाणहरु नै खोजे पनि,जोयाको कोखबाट जन्मिए का दुई सन्तान र जिवन को डि.एन.ए.परिक्षण किन गरिएन ? जोया का लागी पहिलो अधिकार नै बिबाह दर्ता थियो।जिवन र जोयाको बिबाह दर्ताका लागी डि.एन.ए. परिक्षण नै एउटा दरिलो प्रमाण बन्थ्यो। प्रमाण जुटाउनु होईन प्रमाण बनाउनु पर्थियो। तर त्यसो गरिएन।यहाँ एउटा गम्भीर प्रश्न उठछ, घुस लिएर बाऊ छोराको एकैदिन बिबाह दर्ता गर्नसक्ने न्यायपालिका ले जोयाको बिबाह दर्ता किन गर्न सकेन ? बिबाह दर्ता पछि जोया का निम्ति न्यायका ढोकाहरु आफै खुल्थे।
न्यायको प्रतिमुर्ति मानिने सर्बोच्च अदालत देखी लिएर देशको सबैभन्दा उच्च पदमा पनि महिला नै आसिन छन तर एक बिदेशी महिला न्याय नपाएर आफ्नै माइतीको देश फर्किन बाध्य हुनु भनेको लोकतन्त्रको धव्जी उडनु हो कानुनी राज्यको उपहास हुनु हो। तर जोयाले जे जस्तो पिडा र दु:ख भोगेपनि ऊनीलाई भाग्यमानी नै ठान्नुपर्छ जो आफ्नो माइतीको देशले माया गर्दे फिर्ता लग्यो। त्यो समाज अनि परिवारले जोया लाई सहर्ष स्विकार गर्यो।अनुमान् गर्न सकिन्छ जोयाको मन भित्र लागेका कारुणिक चोटहरु सजिलै निको नभए पनि ऊनी अब स्वतन्त्र हुनेछिन्।
र अन्त्यमा यि शब्दहरु लेख्न मन लाग्यो कहालीलाग्दो अतित का ति पलहरु लाई भुलेर जोया लाई हास्न सक्ने शक्ति मिलोस, ऊनी जसको साथमा जो सँग रहेपनी खुशी साथ बाँच्न सकुन् पुनः नेपाल् आउने उनको सपनालाई भगवानले पुरा गरिदिउन, नशा-नशामा नेपाली रगत सल्बलिएका ति अबोध बच्चाहरु चिरञ्जीवी होउन्। भगवान श्री पशुपतिनाथ बाबा सँग मेरो यहीँ प्रार्थना छ ।


0 comments
Write Down Your Responses