भूकम्पपीडितलाई आएको राहतको चामल सरकारले विक्रीमा राख्यो, कसैले किन्न मानेनन्

काठमाडौं, ४ भदौ । बंगलादेश सरकारले गतवर्षको भूकम्पपीडितका लागि राहतस्वरुप पठाएको चामल बझाङमा बिक्रीका लागि राखिएको छ । खाद्य संस्थानमार्फत बझाङ पठाएको बंगलादेशी उसिना चामल बझाङको सीमाखेत खाद्य संस्थानको गोदाममा बिक्रीका लागि राखिएको फेला परेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
अरुवा मोटो चामल बेच्दै आएको खाद्य संस्थानले बंगालादेशी उसिना चामल पठाएपछि उक्त चामल खान उपुक्त नभएको भन्दै उपभोक्ताले खरिद गरेका छैनन् ।
क्षेत्रीय खाद्य संस्थान धनगढी असारमा पठाएको ती सय १० क्विन्टल बंगलादेशी चामलमध्ये अहिलेसम्म २० र२५ किलोभन्दा बढी बिक्री नभएको खाद्य संस्थान सीमखेतका प्रमुख ईश्वरीदत्त पाण्डेले जानकारी दिए । चामल कसैले नकिनेपछि कुहिने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.