News
»
-के हेर्दै छ नेपाल सरकार जोया जस्तो अरु पनि धेरै छन् हाम्रो समाजमा बिदेशी बुहारीहरु के सबैलाई देश निकाल गर्दा हुन्छ (भिडियो हेर्नुहोस)
-के हेर्दै छ नेपाल सरकार जोया जस्तो अरु पनि धेरै छन् हाम्रो समाजमा बिदेशी बुहारीहरु के सबैलाई देश निकाल गर्दा हुन्छ (भिडियो हेर्नुहोस)
मिले र माया बसे उनीहरु नेपाली मात्र हैन भारतीय, अरबी र अन्य देशका नागरिकसँग विवाह गरेर बसेको धेरै देखेको छु । र प्रायः तिनै देशका नागरिकहरुले भने किन हो किन फिलिपिन्सका महिलाहरुलाई त्यत्ती राम्रो नजरले पनि हेर्दैनन । मलाई पनि त्यस्तै लाग्थ्यो शुरुशुरुमा । तर मैले मेरो सोचलाई परिवर्तन गरेको छु ।

आजकाल नेपाली महिलाहरुको पनि कुनै कमी छैन यौनजन्य कार्यहरुमा । व्वाईफ्रेन्ड बनाउने र पैसा कमाउने उद्देश्य बोकेका हाम्रै नेपाली चेलीबेटीहरुको पनि कमी छैन युएईमा । गैर कानुनी यौनजन्य कार्यमा अविवाहित नेपाली महिला हुन् वा नेपालमा रहने आफ्ना श्रीमानलाई थाङ्नामा सुताएर यहाँ मोजमस्ती गर्ने श्रीमतीहरु हुन् दुनियाँका यौनकर्मी भन्दा केही कम छैन नेपालीहरु दुबईका गल्लीहरुमा । तर यसको अर्थ सवै यस्तै हुन् भन्न खोजिएको भनें होइन । तसर्थ अब हामीले कुनै नेसनालिटीलाई लिएर धारणा बनाउनु बेकार रहेछ । संस्कृति र रितिरिवाजमा हामी भन्दा उनीहरु फरक छन । धेरै नेपालीहरु हिन्दू छन, धेरै फिलिपिनोहरु क्रिस्चियन । हामी पूर्णतः पितृसत्तात्मक समाज र सोचमा छौ, उनीहरु अली बढी मातृ सत्तात्मक समाज र सोचमा छन । फिलिपिनो केटीहरु दुबईमा कमाएर आफ्नी आमालाई पैसा पठाउने गर्दछ्न । बरु केटाहरु अली बढी लफङगा हुने गरेको देखेको छु । त्यसैले पनि जोयाले काठमाडौं छोड्ने बेलामा ‘टेक केयर अफ योर मम’ भनिन । आमा हुनुको महत्व उनीहरुले कहिल्यै भुल्दैनन । उनले भनिन, ‘आई वील वेट फर यू’ उनले जीवन प्रतिको माया अझै मारेकी छैनन । गोठाटार काठमाडौका दीपक बुडाथोकी बिगत ११ बर्ष देखि युएईमा छन । सन २००५ मा युएई छिरेका दीपकले २ बर्ष पछी सन २००७ मा फिलिपिनो नागरिक मिला ग्रेससँग विवाह गरे । उनीहरुले पहिले क्रिस्चियन परम्परा अनुसार चर्चमा गएर विवाह गरे भने २००८ मा नेपाल गएर मिलालाई नेपाली सँस्कृति अनुसारनै धुमधाम विवाह गरे । उनीहरुसँग अहिले ५ बर्षिय योहान मन्दीप नाम गरेका एक छोरा छन । हरेक बर्ष यी दुई जोडी छुट्टी मनाउन नेपाल जान्छन । श्रीमती मिला पनि फिलिपिन्स जानु भन्दा नेपाल जानुमै खुशी हुन्छिन । घरमा दीपकका बुवाआमा, दाई, भाई र दिदिबहिनीहरु छन । घरखर्च पनि दीपकले नै चलाएका छन । दीपकको परिवारमा सबै दाजुभाइहरु अहिलेसम्म सगोलमा नै बसिरहेका छन । सबै हाँसी खुशी नै छन । किशोर र दीपक जस्तै फुजेराका पुष्कर तिमल्सिना, दुबईका लक्ष्मण लामा, रस अल खैमहका बिक्रम मेचे लगायत अबुधाबी, शारजाह र अलऐनमा यस्ता कयौ नेपालीहरु फिलिपिनो महिलासँग सफल बैबाहिक जीवनमा रमाएका छन । उनीहरुले घर परिवार हेरेका छन । Capture आज सामाजिक संजालमा जोया र जीवनको बिछोडको कहानी पढ्दै गर्दा हाम्रै समाजमा मिलनका यी कहानी पनि त छन । जोया र जीवनको कहानीमा दुःख देख्नेहरुले आफ्नो सोचमा पनि परिवर्तन गर्न उत्तिकै आवश्यक छ । दुबईमा बस्ने मेरा एक मित्रले यो ब्लगमा नाम उल्लेख नगरिदिन अनुरोध गरे । उनको तर्क थियो, ‘जतिसुकै गरे पनि हाम्रै नेपाली समाजले हामीलाई देखेर नाक खुम्च्याउछ । घुमाउरो पाराले अपहेलना गर्छ ।’ त्यही भएर पनि उनी युएईको नेपाली समाजमा त्यती खुल्दैनन । ‘यहाँ अर्काकी स्वास्नीसँग मोज गर्ने समाजसेवीहरु छन, मलाई देखे पछी हेयको दृष्टिकोणले हेर्छन ।’ उनले भने, ‘केही अविवाहितहरु लिभिङ टुगेदरमा बस्छन । मैले त कानुन अनुसार नै विवाह गरेको हुँ ।’ यस्तै छ हाम्रो समाज । दुबईको अग्लो टावर देखेर सोच परिवर्तन नहुँदो रहेछ । अझै धेरै परिवर्तन हुन बाँकी नै छ । ती सबै अन्तराष्ट्रिय जोडीलाई मेरो पनि शुभकामना ।
0 comments
Write Down Your Responses