अमेरिका विरूद्ध जबाफी हमलाका लागि उत्तर कोरियाले दियो सिधा लड्ने धम्की
काठमाडौं, १ असोज । उत्तर कोरियाले हालै शक्तिशाली परमाणु परीक्षण जारी गरेको केही दिनपछि उसले अमेरिका विरूद्ध जबाफी कार्वाही गर्न तयार रहेको धम्की दिएको छ । उत्तर कोरियाका विदेश मन्त्री री योंगले भेनेजुयेला भ्रमणमा रहेको बेला आयोजित एक कार्यक्रकममा यस्तो धम्की दिएका हुन् ।
विदेश मन्त्री री योंगका अनुसार अमेरिकाले आफ्ना विरूद्ध दक्षिण कोरियालार्इ उक्साएको भन्दै त्यसका विरूद्ध आफ्नो देश पछि नहट्ने बताएका छन् । री योंग भेनेजुयेलामा आयोजित ‘नन अलाइन्ड मुभमेन्ट’ को बैठकमा सहभागी हुन गएको बेला यस्तो चेतावनी दिएका हुन् ।रीले भनेका छन् ‘कोरियाली जनताले यो संकेत दिएका छन् कि हामी दुश्मनका उक्साउटका विरूद्ध जबाफी हमला गर्न तयार छौं ।’
उत्तर कोरियाको यो चेतावनी मंगलबार मात्र अमेरिका र दक्षिण कोरियाको संयुक्त विमानद्धारा उत्तर कोरियाको नजिक रहेको आकाशमा हवार्इ उडान भरेका थिए । उत्तर कोरियाले यो पछिल्लो सप्ताह आफ्नो पाँचवटा तर अहिलेसम्मका सबैभन्दा शक्तिशाली परमाणु परीक्षणा गरेको थियो । रीले भनेका छन् कि वाशिंटनले दिएको धम्कीको जबाफमा पी पछिल्ला परीक्षणहरू जरूरी थिए । उनका अनुसार पछिल्ला आफ्ना परमाणु परीक्षणहरू प्रायद्धीपमाथि अमेरिकरी सैन्य अभ्यासको जबाफमा ‘वैध रक्षा’ नीतिको हिस्सा हो ।


0 comments
Write Down Your Responses