रेखाको ठाउँमा शिल्पा, छविसँगको बिवाहको मिति तोकियो कहिले रहेछ बिहे

काठमाडौं, असोज १ – नायिकापछि रेखा थापालाई अभिनेत्रीदेखि निर्मात्रीसम्म बनाएका छविराज ओझा, रेखाले छोडेर गएपछि त्यही मार्गबाट शिल्पा पोख्रेललाई निर्मात्री बनाउने तरखरमा छन् । योसँगै छविसँग नाम जोडिएर चर्चामा आइरहने शिल्पाको छविराजकै ब्यानरमार्फत निर्मात्री बन्ने भाग्य खुलेको छ । अब निर्माण हुने चलचित्र ‘हिफाजत २’ मा शिल्पा निर्मात्री अनि नायिकाको भूमिकामा देखिने भएकी हुन् ।



अरुको ब्यानरमा काम गर्नुभन्दा छविराज प्रोडक्सनमै पार्टनरसिपमा काम गर्न लागेको उनले बताएकी छिन् । सहकार्यमा काम गर्ने भएपछि छविले पनि शिल्पालाई आफ्नो प्रोडक्सनमार्फत निर्मात्री हुने अवसर दिने भएका छन् ।

अहिले यी दुईको विवाह हुने चर्चा बढेको छ । हल्लासँगै काम पनि बाँडफाँड भएको देख्दा यी दुईले साँच्चिकै विवाह गर्ने हुन् की भन्ने आशंकालाई बल पुगेको छ । हेरौँ शिल्पा रेखाकै बाटोबाट कहाँसम्म पुग्छिन् ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.