सप्तकोशी नदीमा डुंगा पल्टदा आठ वेपत्ता,४५ यात्रु रहेको डुंगाबाट ३७ को उद्दार गरियो , निरन्रतको झरीले उद्दार कार्यमा कठिनाई

सुनसरीको सप्तकोसी नदीमा शनिबार डुंगा पल्टिएको छ । डुंगामा सवार ३७ जनाको सकुशल उद्धार गरिएको छ ।श्रीलंका टापुबाट प्रकाशपुर–५ राजावासा आउँदै गरेको डुंगा पल्टिएको हो । डुंगामा करिब ४५ जना सवार रहेको अनुमान गरिएको छ । अरुको खोजी र उद्धार भइरहेको प्रहरीले जनाएको छ ।निरन्तर वर्षा भएका कारण हराएकाहरुको खोजीकार्य प्रभावित भएको छ । नेपाली सेनाका दुई, सशस्त्र प्रहरीका दुई र स्थानीय बासिन्दाका दुई वटा गरी ६ वटा डुंगाको मद्धतमा खोजी काम भइरहेको छ । यस्तै भारतीय प्राविधिकको एउटा मोटरबोट परिचालन भएपनि वर्षाका कारण समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.