यी हुन संसारकै धनि कुखुरा जो सुनको ओछ्यानमा सुत्ने, दशौँ नोकरचाकर, आफ्नै ड्राईभर कजाउने गर्दछ

एजेन्सी/भाद्र २८, काठमाडौं । बेलायतमा यो दुनियाकै धनी करोडपति कुखुरो सुनको ओछ्यानमा सुत्ने मात्र कहाँ हो र करोडपति मान्छेले भन्दा बढि चैन काटेको छ । यो कुखुराले धेरै नोकर चाकर कज्याएको छ र उसका आफ्ना महंगा गाडी पनि छन् । कुखुराको सुरक्षाका लागि धेरै सेक्योरिटी गार्ड छन् र उसलाई मनपर्ने खाना बनाएर खुवाउन घरमा पर्सनल शेफको पनि व्यवस्था गरिएको छ । त्यो भाग्यमानी कुखुराको नाम हो गिगू । यो पोथी कुखुरी आम-सर्वसाधारण अमेरिकी भन्दा पनि धनी छ ।

यो बेलायती कुखुरा सन् २००२ मा करोडपति भएको हो जब जब उसका मालिक माइल्स ब्लाकवेलको मत्यु भयो । ब्लाकवेलको मृत्युपछि उनकै इच्छा बमोजिम उनको १५ लाख डलरको सम्पत्तिको उनको प्रिय कुखुरा गिगूको नाममा भयो । ब्लाकवेल र उनकी श्रीमतीको ३ हप्ताकै अन्तरालमा मृत्यु भएको थियो । त्यसको एकवर्ष अघि त्यो दम्पत्तिले आफ्नो व्यवसाय बिक्रि गरी बेलायतको ग्रामीण इलाकामा भेडा तथा कुखुरा पालन गरी बसेका थिए । उनले घरमा पालेको कुखुरामध्ये गिगू सबैभनदा प्यारो थियो र आफ्नो सम्पत्ति शेषपछि उसैको नाममा हुने बकसपत्र उनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.