भूकम्पबाट १६ को मृत्यु २५३ घाइते


एजेन्सी । उत्तरपश्चिमी तान्जानियामा गत शनिबार आएको ५.७ रिक्टर स्केलको भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा १६ पुगेको छ । यस भूकम्पमा परी १६ व्यक्तिको मृत्यु हुनुका साथै अन्य २५३ जना घाइते भएका स्थानीय अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।भूकम्पमा परी मृत्यु भएका १६ जना मध्ये १५ जना बुकोबा जिल्लामा अवस्थित निम्न माध्यामिक निजी विद्यालयमका १५ जना विद्यार्थी (केटाहरु) परेका कगेरा प्रान्तमा गभर्नर सलुम किजुउले बताएका छन् । सुरुमा यस भूकम्पमा परी ११ को मृत्यु हुनुको साथै अन्य १९२ जना घाइते भएका बताइएको थियो । तर आइतबार यो सङ्ख्या बढेर मृतक १६ र घाइते २५० पुगेको बुकोबाका जिल्ला आयुक्त देओदातुस किनाविलोले बताएका छन् । बुकोबा सहर भूकम्पको केन्द्रविन्दु परेको सहरनजिकै रहेको बताइएको छ । भूकम्पमा परी घाइते भएका केही व्यक्ति अस्पतालबाट घर फर्किसकेका किनाविलोले एएफपीले बताएका छन् । अमेरिकी सर्वेक्षण संस्थाका अनुसार यस भूकम्पको कम्पन रुवान्डा, बुरुन्दी युगान्डा र केन्यामा समेत महसूस गरिएको थियो । राजधानी दार ए सलाममा भने यस भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त नभएको बताइएको छ

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.