साउदि रियाद स्थित नेपाली राजदुत र दुतावासका कर्मचारीहरुले जेलमा रहेका नेपालीहरुको मुद्धा बेवास्ता गर्दा सयौँ नेपालीहरु अलपत्र
कोही बिरामीको कारण मृत्युमुखको सैँयामा !
रोजगारको शिलशिलामा साउदि अरब पुगेका सयौँ नेपालीहरु साउदि जेलमा सडिन बाध्य भईरहेका छन । साउदि रियाद स्थित सबरसफारी जेलमा नेपाली राजदुतावास र कार्यरत राजदुत र कर्मचारीहरुले जेलमा रहेका नेपालीहरुको मुद्धालाई प्रभावकारी ढंगले नहेर्ना र पहल नगरीरहेको कारण नेपालीहरुको कानुनी मुद्धा अन्तर्गतका केशहरु वेवारिसे बनिरहेको जानकारीहरु आएको छ ।
सयौ नेपालीहरु साउदि रियाद स्थित सबरसफारी जेलमा बिरामी परेर ढलिरहेको औषधी उपचार बिहिन बनेर थलिएको रोईकराई गरीरहेका र मृत्युको मुखमा पुगीरहेको खबर आएको छ । साउदि रियाद स्थित सोही जेलमा रहेका भारतिय नागरिकहरुलाई भने भारतिय राजदुतावासले भारत फर्काईरहेको समयमा नेपाली राजदुतावास र कार्यरत राजदुत र कर्मचारीहरु भने सार्वजनिक विदा मनाईरहेको जेल भित्रका पिडित व्यक्तीहरुले जानकारी दिएका छन । नेपाली राजदुतावासमा कार्यरत राजदुत आनन्द शर्मा र जेलनेल मुद्धा हेर्ने मान बहादुर थापा रहेका छन ।पिडित नेपालीहरुका अनुसार राजदुतावासमा पटक पटक खबर गरी आफनो रिहाईको लागी हारगुहार गरीरहदा समेत राजदुतावासले बेवास्ता गर्ने गरेको र नेपाली राजदुतावास अन्तर्गत कानुनी जेलनेल मुद्धा हेर्ने कर्मचारीहरुले साथ सहयोग आश्वासनको अलावा अमानविय हर्कत र थर्काउने हप्काउने गरेको पनि खबर आएको छ । साउदि रियाद स्थित जेलमा सयौँ नेपालीहरु आवश्यक भन्दा बढि थुपरिनुको कारण राजदुतावासले नेपालीहरुको मुद्धालाई बेवास्ता गर्नु हो भनी पिडितहरु बताउदछन । साउदि राजदुतावास र कार्यरत राजदुत र कर्मचारीहरुले नेपालीहरुलाई सेवाको भावनाले काम नगरिरहेको बरु पटक पटक हारगुहार गर्दा बेवास्ता गरीरहेको अझ नेपालीहरु लाई नै अनावश्यक दुख दिईरहेको कुरा पिडितहरु बताउदछन , साउदि स्थित नेपाली राजदुतावास र राजदुत र कर्मचारीहरु बाट नेपालीहरुलाई भएका बेवास्ताका कारण सयौँ नेपालीहरु जेलमा कोचीरहनु परेको पिडा सुनाउदछन । कतिपय निर्दोष नेपालीहरुले अब चाडै नै साउदि राजदुतावासले जेलमा रहेको नेपालीहरुलाई गरेको बेवास्ता बारे नेपाल स्थित राष्ट्रिय स्तरको मिडियामा ल्याउने साथै नेपाल सरकार समक्क्ष पुर्याउने पिडितहरुले बताएका छन ।
तस्बिर :-साउदि रियाद स्थित सबरसफारी जेलमा अलपत्र , रोईकराई रहेका , बिरामी भएर थलिएर मृत्यमुखमा पुगीरहेका नेपालीहरु ।
यस नंम्बरहरुमा सम्पर्क गरेर यी नेपालीहरुलाई रिहाई गर्न चर्को दबाब दिऔ !!
जेलनेल हेर्ने कर्मचारी :-
मान बहादुर थापा +966552273814
साउदि राजुदुत आनन्द शर्मा :- +966535821528


0 comments
Write Down Your Responses