रेस्लिंगको दुनियामा 'THE GREAT KHALI' नामले चिनिने प्रख्यात भारतीय रेस्लर गम्भीर घाईते-हस्पिटलको आईसियु भर्ना

असोज ८, देहरादुन, भारत । रेस्लिंगको दुनियामा 'THE GREAT KHALI' नामले चिनिने प्रख्यात भारतीय रेस्लर दालिप सिंह राना गत बिहिबारको हलध्वानीमा भएको रेसलिंग प्रतियोगितामा गम्भीर घईते भएको छ । खालिलाई म्याक्स हस्पिटल देहरादुनमा भर्ना गरिएको छ । ४४ बर्षिय खालिको जन्म हिमान्चल प्रदेशको धीरैना स्थित पन्जाबी राजपुत परिवारमा भएको थियो भने उनि रेस्लर बन्नु भन्दा अघाडी पन्जाबको पोलिस अधिकारि थियो, उनि सन् २००७ को WWE च्याम्पियन हुन् ।
'ग्रेट खालिको अबस्था स्थीर रहेको छ र उनका शरीरका सबै प्रमुख अंगहरुले ठिक ढंगले काम गरिरहेकाछन । हामीहरु सबै किसिमको उपचारमा तल्लिन छौ ।' खालिलाई उपचार गरिरहेका डा. एके सिंहले बताएका छन् । तर हलध्वानी स्थित बृजल हस्पिटलका डा. अजय पलका अनुसार ग्रेट खालि ईडिमा EDEMA (ब्रेनको रक्तश्राब एबम स्वेलिंग)बाट ग्रसित हुनुन्छ । जुन कुनै पनि बेला सघन उपचारको क्रममा खतरा हुन सक्ने बताएका छन् ।

ग्रेट खालि गौलापुर स्थित अन्तरास्ट्रिय क्रिकेट रंगशालामा बुधबार साँझ भएको रेसलिंग च्याम्पियन खेलमा फर्केको थियो । श्रोतका अनुसार तिन प्रतियोगीहरु Brody, Mike Knox and Apollo Leon ले एकै पटक खालिमाथि चियरले आक्रमण गरेको थियो । चियर प्रहारबाट निधारमा चोट लागेको खालि अर्धहोश अबस्थामा भए पछी तुरुन्तै हस्पिटल भर्ना गरिएको थियो । खेलका दौरानमा गम्भीर घाईते बनाए पछी खालिको समर्थकहरुले ति तिन जनालाई समेत आक्रमण गर्न खोजिएको थियो-हेर्नुहोस उक्त लाईभ भिडियो

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.