कुवेतका नेपाली लाहुरे तिल बहादुर तामाङले जोया र तिनका नानीहरु फर्काउन ५,००० सहयोग
हुनेखानेको चेपुवामा परेर गरिबीले खेद्दै सात समुद्रपारि पुर्याइएका हाम्रा बुहारी जोया र तिनका नानीहरुलाई सकुशल नेपाल फर्काउन कुवेतबाट मन खोलेर रु .५,०००. पठाई सहयोग गर्नु हुने मनका कुबेर श्री तिल बहादुर तामांग ज्युलाई मुरी मुरी धन्यवाद , तपाइको परिवार र तपाइले चिताएको सबै कुरा भगवानले पुरा गरुन !
नोट:जिबनको नागरिकता अझै चितवन प्रहरीमा भएकोले उनको नाममा पठाएको रकम र जिबनको आमाको नाममा हिमालयन बैंकमा आएका रकमहरु अझै झिक्न मिलेको छैन , खाली जिबनको आमाको नाममा आइएमइ , वेस्टर्न युनियन मार्फत आएका रकमहरु मात्रै हात परेको अवस्था छ ! बैंकमा रकम जम्मा हुन २-३ दिन लाग्दछ !


0 comments
Write Down Your Responses