दाइ मलेसियामा काम गर्न गए पछि भाउजुले देवरलाई घरमै बोलाएर यौन सम्पर्क गर्न लगाएपछि
प्रधानमन्त्री प्रचण्डले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति हमिद अन्सारी तथा वरिष्ठ मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसको डेकेन स्विटमा आधा घन्टा छुट्टै वार्ता तय भएको छ । भारतीय समयअनुसार बिहान ११:३० देखि १२ बजेसम्म हुने सो वार्तापछि हैदराबाद हाउसको कन्फरेन्स रुममा १२ बजेदेखि एक घन्टा प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता तय भएको छ । भारतीय विदेश मन्त्रालयको कार्यतालिकाअनुसार १ देखि १:१० बजेसम्म हैदराबाद हाउसको बल रुममा दुईपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुनेछ। त्यसपछिको २० मिनेट प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन हुनेछ, प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले सम्बोधन गर्नेछन् । १:३० देखि एक घन्टा दिवाभोज हुनेछ । प्रचण्ड र मोदीबीच बिहान राष्ट्रपति भवनमा, एक्लाएक्लै, औपचारिक प्रतिनिधिमण्डलस्तरमा र पत्रकार सम्मेलनमा गरी चारपटक भेटवार्ता हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । यस्ता छन् छलफलका बिषयहरु पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना विवरणलाई अन्तिम रूप दिइने, जो वर्षौंदेखि रोकिएको छ महाकाली नदी र गण्डक नहरमा सिँचाइ परियोजना ढल्केबर–मुजफ्फर प्रसारण लाइनको क्षमता अभिवृद्धि, हेटौँडामा विद्युत् सबस्टेसन स्थापना गोरखपुर–भैरहवा प्रसारण लाइन बंगलादेशबाट पारवहन सुविधा गर्ने विषयमा पनि छलफल हुने विभिन्न क्षेत्रमा भारतीय लगानी आकर्षित गर्ने विषय नेपाली कृषिजन्य उत्पादनलाई भारतमा लैजान सहजीकरण ऊर्जा व्यापार सम्झौताको प्रोटोकल गौरीफन्टा नाकाको स्तरोन्नति कास्कीको ढिकुरपोखरीमा पोलिटेक्निकल इन्स्टिच्युट स्थापना दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा पनि छलफल हुलाकी राजमार्गको दोस्रो चरण निर्माण एकीकृत जाँच चौकीहरू निर्माण नेपालको व्यापार घाटा कम गर्ने विषय नेपाल प्रहरी एकेडेमी निर्माण


0 comments
Write Down Your Responses