किशोरी छोरी बलात्कार गरेकाले बुवाले पाए १,५०३ वर्षको जेल सजायँ, इतिहासकै सबैभन्दा लामो दण्ड

क्यालिफोर्नियाको फ्रेस्नो शहरका ४१ वर्षीयलाई किशोरी छोरीलाई चारवर्षसम्म बलात्कार गरेको अभियोग पुष्टि भएपछि १ हजार ५ सय ३ वर्षको जेल सजायँ तोकिएको छ ।फ्रेस्नो बी रिपोटर्स्का अनुसार गत शुक्रबार रेने लोपेजलाई फ्रेस्नो सुपेरियर कोर्ट हिस्ट्रिको इतिहासमा सबैभन्दा लामो दण्ड दिइएको हो ।सेप्टेम्बरका निर्णायक मण्डलले लोपेजलाई १ सय ८६ वटा यौन हमला र दर्जनौं बलात्कारको दोषी पाएको थियो ।
पीडितका वकिलका अनुसार लोपेजले उनलाई सन् २००९ मे महिनादेखि सन् २०१३ को मे महिनासम्म हप्तामा दुईदेखि तीनपटकसम्म बलात्कार गरे ।सजायँ तोक्ने क्रममा न्यायाधिस एड्वार्ड सार्कीसियनले लोपेजलाई ‘समाजको लागि घातक’ बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.