जोयालाई साच्चिकै नेपाल मै राख्ने हो भने १ जना पुरुष अगाडी आऊ: होइन भने फेसबुकमा नकाराउ : लतिका श्रेष्ठ

आज भोलि सम्पुर्ण नेपालीको फेसबुक को स्टाटस बनेको छ ! सबै आ-आफ्नै हिसाबले बुझ्दैछन,लेख्दैछन र आदर्शको कुरा हरु छात्दैछन !! कसैले बुझ्नु खोजेको छ जोयाले के चाहन्छे ??
हो उसले रोजेको मान्छे गलत रहेछ त्यसलाई जति गाली गरेपनि, जति सजाए दिएपनि कम हुन्छ I तर आफ्नो जिबन साथी भनौदो नै उस्तै परेपछि यहाँ भबिष्य नदेखेर आफ्नो माइती घर जानु र कानुनी प्रक्रिया पुर्याएर माइती पठाउनु सरकारको राम्रो पक्ष्य हो , उनलाई साच्चिकै नेपाल मै राख्ने हो भने एकजना पुरुष अगाडी आएर उसको दुइटा बच्चा र जोयालाइ स्वीकार गर्नु पर्छ ! होइन भने त्यसै फेसबुक मा कुरा गरे जस्तो सजिलो जिन्दगी छैन I जोया लाई होइन अब साउदी कतार मलेसिया सिरिया इराक तिर अलपत्र परेको नेपाली हरु लाई फिर्ता बोलाउन आवाज उठाउनुस !!!
Latika Shrestha भन्नुहुन्छ ।।

प्रतिक्रिया दिनुहोस

1 comments

धेरै दिन भो ...
फिलिपिनी चेली जोया को नाउ मिडिया तिर सुनेको, पढेको ..
भाबुक हुदै, रुदै, भावना हरु आफ्नै किसिमका ब्यग्त गरेका छन्
धेरै धेरै कुरा उठाएका छन् ..
आफ्नो दिदि बहिनि चेली बुहारी भाउजु संग दाजेका छन्
नेपाल नै बोलाउने, नेपालि नै बनाउने, नेपालि नागरिकता नै दिलाउने
तर अहिले सम्म खड्किएको एउटा कुरा
कोहि देखिएको छैन कोहि निस्किएको छैन
म छु , म स्वीकार्छु , म अपनाउछु
सब दोष जति अरुकै नाम मा थुपार्ने समस्या देखाउने
इज्जेत , मानसम्मान को कुरा गर्ने
समस्या हरु धेरै छन् .. जसले छोड्यो उसको नि आफ्नै समस्या होला
जसले दुख धोका पायो उसको नि आफ्नै किसिम को समस्या होला
के कोहि नेपाली पुरुष हरु छैनन् होला त स्विकार्ने अपनाउने जोयालाई
यदि छैनन् भने आदर्श को कुरा हरु गर्न छोडी देउ
आदर्श को कुरा होइन जोया लाई
साथ् र साहरा को खाचो छ, आफ्नोपन को खाचो छ
आफ्नो मान्छेको खाचो छ
यदि कोहि छैन भने अब
म छु जोया लाइ आफ्नो बनाउने
नेपाली छोरी बुहारी भाउजु बनाउने
कोहि छ जोया को फिलिपिन्स को सम्पर्क ठेगाना दिलाउने
यदि कोहि संग छ भने बताउनु होला
सम्पर्क गराउनु सक्नु हुने छ
PRATAP KHALING
pratapkhaling85@gmail.com
+966592266419

Write Down Your Responses

Powered by Blogger.